पछिल्लो २४ घन्टामा ७,२२६ जना निको, ६,९३९ जनामा संक्रमण पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थपिने भने निको हुनेको संख्या बडेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २२६ जना निको भएका छन् भने ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ९२ जनाको परिक्षण गरिएकोमा ६ हजार ९ सय ३९ जनामा कोरोना पोजेटिभ पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ६ मात्र रहेको छ ।

प्रतिक्रिया