एमालेले सुदूरपश्चिम सरकारमा सहभागी तीन मन्त्रीलाई सोध्यो २४ घन्टे स्पष्टिकरण, कारबाहीको तयारी


कौलाली– नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोध्दै कारबाही गर्ने चेतावनी दिएको छ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले २४ घन्टाभित्र स्पष्टिकरण बुझाउन भनेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो। शाहलाई सम्बोधन गर्दै सोधिएको स्पष्टिकरण पत्र यस्तो छ।

प्रतिक्रिया