

समयमै सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह (सूचनासहित)
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न आग्रह गरेको छ । बुधबार सूचना जारी गर्दै मन्त्रालयले अक्सिजन आपूर्ति व्यवस्थामा सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेकोले समयमै सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो ।
एउटा उद्योगका अक्सिजन सिलिन्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउने सक्ने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
अक्सिजन सिलिन्डरहरू देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिन मन्त्रालयले सूचनामार्फत अनुरोध गरेको हो ।

