

नेपालमा चुनावलाई स्वागत गर्ने संकेतसहित भारतले भन्यो– यो उनीहरूको आन्तरिक मामला

काठमाडौं– नेपालको राजनीतिक र संवैधानिक संकटको विषयमा भारतले प्रतिक्रिया जनाएको छ। बुधबार भएको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामला भएको टिप्पणी गरेको छ।
विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगचीले पत्रकारले सोधको प्रश्नमा भने,‘यो नेपालको आन्तरिक मामला हो, उनीहरु लोकतान्त्रिक प्रक्रियामार्फत समस्या समाधानका लागि सक्षम छन् भन्ने भारतको धारणा हो।’
उनले नेपालमा लोकतान्त्रिक प्रक्रिया अर्थात् चुनावमा जान सक्ने संकेत गरेका हुन्। उनले भने,‘हामी नेपालमा स्थायीत्व, शान्ति र समृद्धि भएको चहान्छौं, मित्र राष्ट्रको स्थायीत्व नै हाम्रो चाहना हो।’

