

२६औं आरोहण त्यागेर फर्किए कीर्तिमानी आरोही कामिरिता शेर्पा

काठमाडाैं – कीर्तिमानी आरोही कामिरिता शेर्पा २६ औं पटकको सगरमाथा आरोहण त्यागेर काठमाडाैं फर्किएका छन् ।
गएको वैशाख २४ गते बाटो बनाउँदै शिखरमा पुगेर २५ औं पटकको कीर्तिमानी बनाएका शेर्पाले २६ औं पटक आरोहणका लागि अनुमति लिइसकेका थिए ।
तर उनी आरोहण त्यागेर बिहान काठमाडाैं फर्किएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।शेर्पाले आउँदो शनिवार आरोहण गर्ने योजना बनाएकोमा घर परिवारको अनुरोधका कारण आरोहण त्यागेर फर्किएको बताए ।
कामिरिता शेर्पाले सन् २००९, २०१०, २०१३ र २०१९ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दोहोर्याएर सगरमाथा आरोहण गरेका थिए ।

