देशभर बढ्यो गर्मी, केही ठाउँमा मौसम बद्ली भइ वर्षाको सम्भावना


काठमाडाैं – उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हिजो उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको थियो भने तराईका जिल्लामा ३७ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । आज काठमाडाैको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

नेपालगञ्ज र दिपायलको तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै, धनगढीको तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म,वीरेन्द्रनगरको ३२ देखि ३४, दिपायलको २९ देखि ३१ डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो, अस्ति र आज गर्मी बढे पनि भोलिदेखि फेरि मौसम बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

देशका पहाडी तथा तराई भू–भागमा आज आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि महाशाखाले बताएको छ ।

प्रतिक्रिया