‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नै राख्न राज्य व्यवस्थाको निर्देशन, सुब्बा र सिलवालको फरक मत


काठमाडौं — राज्य व्यवस्था समितिले नेपालको आधिकारिक नाम फेर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

सिंहदरवारमा बसेको समितिको सोमबारको बैठकले सरकारका नाममा नेपालको आधिकारिक नाममा सं्रघीय लोकतान्त्रिक गणतन्त्र नेपालबाट नेपाल मात्र बनाउने निर्णय कार्यान्वयन नगर्नका लागि निर्देशन दिएको हो ।

मन्त्रिपरिषद् बैठकले गत असोज ११ गते नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’बाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’ मात्र बनाउने निर्णय गरेको थियो।

समितिले देशको आधिकारिक नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपनि समिति बैठकमा सांसदहरू विजय सुब्बा र नवराज सिलवालले भने फरक मत राखेका थिए। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन पद्धति भएको भन्दै देशको आधिकारिक नाममा यी शब्द समावेश गर्न उचित नभएको तर्क गरेका थिए।

प्रतिक्रिया