अमेरिकाबाट पहिलो खेप स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो, अर्को दुई खेप पनि दुईदिनभित्रै आउने


काठमाडौं – नेपालको कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ । अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

आज ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई खेप सामान ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया