व्यक्तिगत स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले माफ गर्दैनन्ः पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको घोषणा गरेपछि सामाजिक सञ्जालमार्फत ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वराजा शाहले विश्व महामारीका बेला जनदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।
जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने उनको भनाइ छ ।
यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) May 22, 2021