अदालत जाने कांग्रेसको निर्णय
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन घोषणाको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ।
शनिबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले बहुमत दाबी गर्दागर्दै संसद विघटन गर्नु र निर्वाचन घोषणा असंवैधानिक ठहर गरेको छ।
कानुन व्यावसायीसँग परामर्श गरी अदालतको ढोका ढकढक्याउने कांग्रेसले निर्णय गरेको हो। यस विषयमा प्रतिपक्षका अन्य दलसहित माधवकुमार नेपाल पक्षसँग पनि बैठक गर्ने कांग्रेसले निर्णय गरेको छ।