विपक्षी गठबन्धनहरूको संयुक्त बैठक बस्दै
काठमाडौँ – विपक्षी गठबन्धनका दलहरूको संयुक्त बैठक बस्दै छ ।
सरकारले संसद् विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।
अज बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।