

मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन घोषणा (विज्ञप्तिसहित)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेकी छिन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा बिघटन गरी दुई चरणमा निर्वाचनको मिति तोकेकी हुन् ।
मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयले बिज्ञप्तीमार्फत जानकारी दिएको छ । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेका थिए ।
राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोक्न सिफारिश गरेका हुन् । सरकारको निर्णयअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरी निर्वाचनको मिति तोक्न गरेको सिफारिशलाई राष्ट्रपतिले कार्यान्वयन गरेकी हुन् ।

