नेपालमा थप १७७ संक्रमितको मृत्यु, ८६०७ थपिएसँगै संक्रमित संख्या ५ लाख नाघे


काठमाडौं – पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७७ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

आज देशभर ८ हजार ६०७ जनालाई संक्रमण पुष्टि भएको छ । आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख नाघेको छ ।

संक्रमितको संख्या ५ लाख १ हजार १०६ पुगेको छ जसमध्ये ३ लाख ७४ हजार ८३६ निको भएका छन् । अहिले १ लाख १६ हजार १९२ जना आइसोलेसनमा छन् ।

 

प्रतिक्रिया