पछिल्लो २४ घण्टामा ८,३०५ जनामा संक्रमण, १९० जनाको मृत्यु
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६,५४३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा रहेका छन् ।