बाँकेमा २० घन्टामा थप १० जनाको मृत्यु, जिल्लाभित्र ४७२ जनाको मृत्यु


नेपालगञ्ज — बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान १ बजेसम्मको समयअवधिमा यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ४÷४ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका—५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका—३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५ः४५ बजे, जानकी गाउँपालिका—३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८ः४५ बजे र राप्तिसोनारी गाउँपालिका—६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १ः२० बजे नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६ः३० बजे, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८ः३० बजे, गुलरिया नगरपालिका–४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १ः१५ बजे र बढैयाताल गाउँपालिका(५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९ः५५ बजे मृत्‍यु भएको छ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ः३० बजे र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा हालसम्म ४७२ जनाको मृत्यु भएको छ । ती मध्ये जिल्लाभित्रका २५७ छन् भने बाँकी २१५ जना अन्य जिल्लाका कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

 

प्रतिक्रिया