

प्रधानमन्त्री ओली भेट्न सिंहदरबारमा कांग्रेस सभापति देउवा, यस्तो छ १५ बुँदे ज्ञापनपत्र

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विहीबार सिंहदरबार पुगेका छन्।
कोरोना महामारीले तिव्रता लिएको र तेस्रो लहर पनि सुरु भएको अवस्थाबारे जानकारी गराउँदै जनताको स्वास्थ्य सुरक्षाका लागि गम्भीर रहन प्रधानमन्त्रीसमक्ष देउवाको माग छ।
कांग्रेसका अन्य नेतासहित सिंहदरबारमा ओलीलाई भेट्दै उनले १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

