२८१७ संक्रमित थपिए, २८१२ निको भए


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८१२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार २ सय २६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११०८ पुगेको छ ।

काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौंमा १२ सय ९४, ललितपुरमा एक सय ६२  र भक्तपुरमा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया