

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि

धनगढी । कैलाली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले संक्रमण भएको पुष्टि गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिर्पोट पोजेटिभ आएको कुँवरले बताए ।
होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको छ।

