कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्‍यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जनाको मृत्‍यु भएको छ । आइतबार दिउँसो सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १र१ जना कञ्‍चनपुर, दाङ र सुर्खेतका छन् ।

भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका(९ बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३:४५ बजे, मधुबन नगरपालिका-९ बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २स्३० बजे र बासगढी नगरपालिका-६ बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्‍ज उपमहानगरपालिका-६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५:३० बजे र कोहलपुर नगरपालिका(-९ बाँकेकै ४५ वर्षीया महिलाको सोमबार ६ बजे मृत्‍यु भएको छ ।

यस्तैरी भिमदत्त नगरपालिका-३ कञ्‍चनपुरकी ५५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्‍यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका १० दाङकी ३८ वर्षीया महिलाको भरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२: ३० बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया