ओली–नेपाल वार्ता सकियो, विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन


काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले १० सदस्यीय कार्यदल गठन गरेका छन्।

कार्यदल बनाउने पूर्व समझदारीअनुसार आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली–नेपालबीच वान टु वान वार्ता भएको थियो।

ओली र नेपाल पक्षका ५–५ जना सदस्य रहनेगरी कार्यदल गठन भएको हो। कार्यदलले विवादका विषयमा मिहिन ढंगले अध्ययन गरी समाधानका उपाय निकाल्नेछ।

कार्यदलमा रहेका नेताको नाम भने केहीबेरमा सार्वजनिक हुनेछ।

प्रतिक्रिया