लागुऔषध चरेससहित २ जना पक्राउ


बैतडी – लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया-६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया-५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार उनीहरुबाट ७०० ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सुपप्र४००१प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट ७०० ग्राम चरेस बरामद गरिएको हो ।

बरामद गरिएको चरेस, मोटरसाइकल र दुवै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् । निषेधाज्ञाको समयमा उनीहरु कहाँबाट चरेस लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

१२ किलो गाँजासहित दुई पक्राउ

दमौली– तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

प्रतिक्रिया