ओमानबाट आइपुग्यो ५६० अक्सिजन सिलिण्डर


काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइपुर्याएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिन्डर वाइड बडी ‘ए’ ३३० जहाज मार्फत अहिलेकेहीबेर अघि मस्कटबाट आइपुगेको हो ।

यस्तै, बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज राति ११ बजे बेइजिङ्ग जाँदैछ ।

प्रतिक्रिया