पर्सामा ९ वर्षीया बालिकालाई भर्‍याङमुनि बलात्कारको प्रयास, संवेदनशील अंगमा हात पुर्‍याएपछि…


काठमाडौं – पर्साको वीरगञ्जमा ९ वर्षीया बालिकालाई जबरजस्तीकरणीको प्रयास गर्ने एक युवक पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका २२ वर्षीय सरोज चौरसिया पक्राउ परेको प्रहरीले जनाएको छ।

शुक्रबार अर्थात हिजो स्थानीय ९ वर्षीया बालिकालाई खेल्दै गरेको अवस्थामा विभिन्न प्रलोभनमा बोलाएर चौरसियाले आफ्नै घरको भ¥याङमुनि एकान्त स्थानमा लगेर बलात्कारको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको पर्साका डिएसपी ओमप्रकाश खनालले बताए।

चौरसियाले करणी गर्ने आशयले पछाडिबाट समाती संवेदनशील अंगहरूमा हात पुर्‍याई यौन दुर्व्यवहार गर्न खोजेपछि प्रतिकार गरेर बालिका फुत्केर भागेकी थिइन्।

​लगत्तै बालिकाले घरमा पुगेर घटनाबारे आफ्नो अभिभावकलाई जानकारी गराएपछि पीडित बालिकाको बुवाले आज बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा कानूनबमोजिम कारबाही गरिपाऊँ भनी जाहेरी दिएको डिएसपी खनालले बताए।

जाहेरीलगत्तै चौरसियालाई आजै दिउँसो अन्दाजी १ बजेको समयमा निजकै घरबाट पक्राउ गरी बाल यौन दुरव्यवहार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया