१५ बर्षिया किशोरी भक्कानिँइन्, बिमारी डिल्लीबहादुरको हरिबिजोग!


काठमाडौं– एक बर्षअघि रुखबाट लडेर ढाड भाँचेका दोलखाका डिल्लीबहादुर कार्कीको अहिले हरिबिजोग भएको छ। उपचारका लागि दोलखाबाट उनी एक पत्नी र तीन किशोरी छोरीसहित काठमाडौं त आए तर लक डाउनको चपेटाका कारण अहिले हातमुख जोर्न नै कठिन भइसकेको छ।

उनी उठ्न सक्तैनन्। साँघुरो कोठामा दैनिकी गुजारिरहेका उनलाई छोरीले दिशापिसाब गराउँदा सोर्दा कहिलेकाहीँ विष खाएर मर्न मन लाग्छ। तर परिवारकै मायाले उनी केही गर्न सक्तैनन्।

दुई महिना भयो आफू बसेको घरको डेराभाडा नतिरेको। खेती किसानी गर्ने उनले गाउँको घरबारी बेचेर उपचार गर्दा १३ लाख सिध्याए। ७ लाख ऋण छ। निषेधाज्ञा अघि पत्नी महिनाको ५ हजार आउने जागिर गर्थिन्, अहिले त्यो पनि छैन।

१५ बर्षिया किशोरी छोरी एउटा फेन्सीमा काम गर्थिन्। अहिले त्यो पनि छैन। पीडाको पहाडमा हुर्किरहेकी ति किशोरी भन्छिन्,‘अब त डेरामा बस्न दिउन्जेल बस्ने, निस्केर जा भनेका दिन सडकको बास हुनेछ।’

अथाह पीडाको सागरमा रहेका यो दुखी परिवारलाई सर्वसाधारणले सहयोग गर्न सक्नेछन्। सहयोगका लागि ९८६०१४१०४९ फोन गर्न सकिनेछ।

प्रतिक्रिया