आफ्नो उम्मेदवारीबारे पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको होः खिमलाल देवकोटा


काठमाडौं – विपक्षी गठबन्धनबाट राष्ट्रियसभाको बागमतीतर्फको प्रदेशतर्फको रिक्त सदस्यका लागि उम्मेवारी दिएका खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीबारे पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विष भएको बताएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो उम्मेदवारीबारे जिज्ञासा राखिनु स्वभाविक भएको बताउँदै देवकोटाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायतका दलहरूको समर्थनमा उम्मेदवार बनेकोले त्यसबारे पुनर्विचार हुन नसक्ने बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा देवकोटाले ‘राजनीतिक दलहरुले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु। संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु बिना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु। मेरो उम्मेदवारी यही विचारबाट अभिप्रेरिता छ’ लेखेका छन्।

मकवानपुरको हेटौंमा ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका नेता/कार्यकर्तालगायत सबै राजनीतिक दलहरुले मप्रति पूर्ण विश्वास गरेर उत्साहका साथ सहभागी हुन र आफ्नो चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह समेत गरेका छन्।

नेकपा एमालेको विवादको समस्या समाधान भएपछि राष्ट्रियसभामा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले के गर्लान्? भन्ने चासो बढेका बेला देवकोटाले आफ्नो उम्मेदवारी कायम रहेको भन्दै मत मागेका हुन्।

प्रतिक्रिया