देशभरको मौसम बद्ली, उपत्यकासहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा


काठमाडाैं – देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडाैं उपत्यकामा आज बिहानैदेखि पानी परेको छ । पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाले जनाएकाे छ । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एकका साथै अरु पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणाली, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बद्ली हुँदै आएको महाशाखाले जनाएको छ । भोलिदेखि मौसममा सुधार हुने सम्भावना देखिएको पनि महाशाखाले जनाएकाे छ ।

 

प्रतिक्रिया