‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव मनाइँदै


काठमाडाैं – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज १०२ औँ जन्मोत्सव मनाउँदै छन् । उनी विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका हुन् । संस्कृतिविद् जोशी १०२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् ।

साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उनले कलम चलाउँदै आएका छन् । उनलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

२०१३ सालमा ‘नेपाली लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उनले मदन पुरस्कार पाएका छन् ।

उनले झण्डै ५० पुस्तक लेखेका छन् । नेपाल राष्ट्र बैंकले गएको भदौमा संस्कृतिविद् जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया