मुसेभेनीद्वारा युगान्डाको राष्ट्रपतिमा छैठौं कार्यकालको सपथ ग्रहण


कम्पाला – युगान्डाका वर्तमान राष्ट्रपति योवेरी मुसेभेनीले छैटौं कार्यकालको लागि बुधबार शपथ लिएका छन् । उनी आगामी पाँच बर्षका लागि युगाण्डाको राष्ट्रपति बनेका हुन् ।

मुख्य न्यायाधीश, अल्फोन्स चिगामोय ओउनी–डोलोले राजधानी कम्पालाको कोलोलो स्वतन्त्रता मैदानमा पूर्वी अफ्रिकी देशको राष्ट्रपतिको रूपमा मुसेभेनीलाई शपथ खुवाएका हुन् । उक्त समारोहमा आएका उनका सत्तारुढ नेशनल रेसिस्टेन्स मुभमेन्ट पार्टीका सयौं समर्थकहरूबीच इश्वरका नाममा सपथ लिएका थिए ।

‘म संविधानको संरक्षण, संरक्षण र रक्षा गर्नेछु र युगान्डाको कानूनको पालन गर्ने छु र युगान्डाका जनताको हितलाई प्रोत्साहन गर्नेछु,’ उनले सपथ ग्रहणपछि उपस्थित समूहलाई सम्बोधन गर्ने क्रममा भने ।

उद्घाटन समारोहमा ११ अफ्रिकी राष्ट्र प्रमुखहरू, अफ्रिकी संघका वर्तमान अध्यक्ष रहेका डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोका फेलिक्स त्सेसेकेदीका साथै युगाण्डाका दर्जनौँ उच्च पदस्थ सरकारी प्रतिनिधिहरू, विभिन्न देशका कूटनीतिज्ञहरूको उपस्थिति थियो ।

सपथ ग्रहण समारोहमा कम्तिमा चार हजार पाहुनाहरुलाई समारोहमा उपस्थित हुन आमन्त्रित गरिएको थियो । मुसेभेनीले जनवरी १४ मा सम्पन्न निर्वाचनमा विजयी भएका थिए ।

प्रतिक्रिया