भारततिर संकेत गर्दै घनश्याम भन्छन्– प्रचण्ड र माधवलाई गाली गरेर एमाले विभाजन गरिँदैछ


काठमाडौं– एमाले नेता घनश्याम भुसालले संविधान जारी हुँदा असफल भएका शक्तिले एमाले विभाजन गर्न लागेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले ‘हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’ भनेका हुन् ।

नेपालमा संविधान जारी हुँदा रुष्ट रहेको भारततिर उनको संकेत छ। भारतले अहिलेसम्म नेपालको संविधानलाई स्वागत गरेको छैन।

‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन’, उनले भारततिर लक्षित गर्दै लेखेका छन्।

उनले आत्मसमर्पण नगर्ने पनि दाबी गरेका छन्। उनी अगाडि लेख्छन्,‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

प्रतिक्रिया