एकैदिन २२५ जना संक्रमितको निधन, हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो


काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो।

मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया