नेप्से २७ अंकले बढ्दा ५ अर्ब ८१ करोडको कारोबार


काठमाडौं – साताको तेस्रो दिन नेप्से परिसूचक २७ दशमलव ४७ प्रतिशतले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय २० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कमपनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा बोर्टलर नेपाल (तराई) का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रुरु जलविधुत्का लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने लिवर्टी इनर्जीका लगानीकर्ताले २ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन्

प्रतिक्रिया