झलनाथ कोरोनमुक्त, आज अस्पतालबाट डिस्चार्ज हुँदै


काठमाडाैं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन् । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई मंगलबार डिस्चार्ज हुने भएका हुन् ।

बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

प्रतिक्रिया