गगन थापाले प्रधानमन्त्री ओलीसँग गरे यस्तो अनुरोध


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना विरामीका लागि आवश्यक अक्सिजनको व्यवस्था गर्न अनुरोध गरेका छन्।

एउटा भिडिओ सन्देशमार्फत उनले विरामीले अस्पतालमा सकस भोगीरहेको भन्दै अक्सिजनको आपूर्ति र व्यवस्थाका लागि सरकार चलायमान बनाउन अनुरोध गरेका हुन्।

थापाले भनेका छन्,‘प्रधानमन्त्रीज्यू,अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ। कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु।’

प्रतिक्रिया