एमालेका २८ सांसदलाई ओलीले निलम्बन मात्र गरे देउवा प्रधानमन्त्री बन्न नसक्ने


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएका एमालेका २८ जना सांसदलाई ६ महिनाका लागि निलम्बन मात्र गरे कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट चित्र देखिएको छ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेपछि उपेन्द्र यादवका पक्षमा रहेका सांसदसहितको साथले देउवाका लागि १२४ मत मात्र देखा परेको छ।

सदनमा कायम रहेको २७१ को बहुमत १३६ हुनेछ। तर ओलीले सदनमा अनुपस्थित रहेका माधवकुमार नेपालसहित २८ जनालाई ६ महिनाका लागि सांसदबाट निलम्बन गरे पनि सरकार बनाउन १३६ मत नै चाहिन्छ।

‘सांसद पदै खारेज गरेको खण्डमा कायम रहेको संख्या हुने हो तर मत दिन नपाउने र निलम्बनमा मात्र परेको छ भने सदनको बहुमत २७१को संख्याका आधारमा नै हुन्छ’, एक जना संविधानविद भन्छन्,‘ओलीसँग त्यो हतियार अहिले कायम रहेको छ।’

देउवा प्रधानमन्त्री बन्नका लागि एमालेका नेपाल पक्षको साथ चाहिन्छ। उक्त समूहले फ्लोर क्रस गरेर मत दिए मात्र देउवालाई बहुमत पुग्छ। त्यसअघि नै ओलीले ६ महिनाका लागि निलम्बन गरेको खण्डमा उनीहरु सदनको मतदान प्रक्रियामा भाग लिन पाउने छैनन्।

प्रतिक्रिया