

आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली

काठमाडौं – नेकमा एमाले फुटको संघारमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्। अन्तिम घडीमा आएर ओलीले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
वार्ता तथा छलफलको माध्यमबाट समस्याको समाधान गर्न सकिने भन्दै हतारोमा कुनै पनि निर्णय नगर्न उनले आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका हुन्।
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
— K P Sharma Oli (@kpsharmaoli) May 10, 2021
‘तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ उनले लेखेका छन्।
नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अल्टिमेटमको ओलीले कुनै जवाफ नदिएपछि सिंहदरबारमा नेपाल पक्षको बैठक बसेको छ। उक्त समूहका सांसदले राजीनामाको चेतावनी दिएका छन्।
यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।
— K P Sharma Oli (@kpsharmaoli) May 10, 2021
सामूहिक राजीनामा दिने भएपछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ओलीले आग्रह गरेका हुन्। माधव–झनलाथ पक्षले ओलीलाई सच्चिन भन्दै सोमबार बिहान ९ बजेसम्मको सायसीमा दिएको थियो।

