संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश राणा सहभागी, सापकोटा र देउवा गएनन्


काठमाडौं– संवैधानिक परिषदको बैठक बाहल रहेको बहुमतको गणक संख्याका आधारमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहभागी भएपछि गणक संख्या पुगेको हो। राणासहित राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पनि सहभागी छन्।

बैठकमा सभामुख अग्नी सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएनन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेशका आधारमा बैठक भएको हो।

लोक सेवा आयोग, महिला आयोगलगायतका रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।

प्रतिक्रिया