कांग्रेस सभापति देउवा संवैधानिक परिषदको बैठकमा नजाने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाडेको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

सरकारले संवैधानिक संरचनालाई भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकिने देउवाको आरोप छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै देउवाले सरकारले ल्याएका अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावना विपरित रहेको भन्दै संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित भएको आरोप लगाएका छन्।

‘अध्यादेश संवैधानिक परिषद्को कार्यविधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित छ,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री ओलीले आज बोलाएको संवैधानिक परिषदको बैठकमा सहभागि नहुन परिषद्का अन्य सदस्यहरुलाई समेत उनले आह्वान गरेका छन्।

प्रतिक्रिया