राजनीतिक दलहरूबाट गल्ती भएको हो, स्वीकार्छुः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबाट गल्ती भएको बताएका छन्।

शनिबार अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूले गत महिना राजनीतिक दलहरूले प्रदर्शन, सभा र जुलुस गर्नु गलत भएको बताए।

प्रदर्शन राजनीतिक भएपनि सामाजिक समस्या भएको उल्लेख गर्दै आफूहरूबाट हेलचक्र्याइँ भएको स्वीकार गरे। कोभिड–१९ को महामारी अन्त्य नहुँदै राजनीतिक भेला र सम्मेलन गर्दा समस्या भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उच्च जोखिम रहेको क्षेत्रमा संक्रमण फैलिन नदिन निषेधाज्ञा लागू भएकाले अहिलेसम्मको परिस्थिति नियन्त्रणमा रहेको बताए। उनले कोभिड–१९ सँग लड्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए।

सीएनएनले नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि सरकारको तयारी र देशको अवस्थाबारे प्रधानमन्त्री ओलीसँग जानकारी लिएको थियो।

प्रतिक्रिया