चीनमा कोरोना नियन्त्रणको प्रमुख हतियार गाईको दूध !
बेइजिङ – विश्वभरका १५ करोड ६१ लाख भन्दा बढी मानिसलाई संक्रमित र ३२ लाख ६० हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोना प्रभाव शुन्यप्रायः हुँदै गएको छ । विश्वका अन्य मुलुकमा नदेखिँदै कोरोनाका कारण आक्रान्त बनेको चिनमा कोरोना भाइरस अन्य मुलुकमा फैलिएसँगै नियन्त्रणमा आयो ।
यसरी कोरोना नियन्त्रणमा चिनले विभिन्न औषधीका साथै गाईको दूधको प्रयोगलाई बढावा दिएको एक अध्ययनमा देखिएको छ ।
सबैलाई अचम्म लाग्न सक्छ चीनले कसरी कोरोनामा भाइरसको नियन्त्रण गर्न सक्यो भन्ने ? तर समाचार एजेन्सीहरुका अनुसार कोरोना नियन्त्रणका लागि चीनमा पछिल्लो समय गाईको दूधलाई प्रमुख औषधीको रुपमा लिइएको छ ।
शरीरमा प्रोटीनको मात्रा बढाउनका लागि गाईको दूध पिउनका लागि चिन सरकारले आह्वान गरिरहेको जनाइएको छ । प्रोटीनले शरीरको रोगप्रतिरोधात्मक शक्ति बढाउने भएको हुनाले कोरोना लागेका व्यक्तिहरुले दूधको प्रयोग गर्नुपर्ने चिनियाँहरुले बताएका छन् । अहिलेपनि अधिकांश चिनियाहरुले गाईको दूध नै सेवन गरिरहेको जनाइएको छ ।
गाईको दूधलाई प्रश्रय दिनका लागि अघिल्लो वर्ष कानुन नै बनाउनुपर्ने कानुन्विद्हरुले सल्लाह दिएका थिए । चीनमा प्रतिदिन एक व्यक्तिले कम्तीमा ३ सय ग्राम दूध पिउनुपर्ने कानुन नै बनाउनुपर्ने राय प्रकट गरेको जनाइएको छ ।
संघाई केहुआसान अस्पतालका संक्रामक रोग विभागका प्रख्यात डाक्टर झाङ बेनहोंगले चिनियाँ आमाबाबुलाई आप्mना बच्चाहरुलाई हरेक दिन दूध र अण्डा दिनुपर्ने बताएका थिए ।
कोरोना लागेपछि चीनमा गाईपालनमा विशेष योजना नै बनाएको छ । चीनले सन् २०२५ सम्ममा ४५० लाख टन दूध उत्पादन गर्ने लक्ष्य लिएको छ । पछिल्ला समयमा चीनमा दूध पिउने बानी बढेको जनाइएको छ । विभिन्न सामाजिक सञ्जालहरुमा दूध पिउनका लागि विभिन्न ग्रुपहरु पनि बनाइएको जनाइएको छ ।
त्यस्तै केही विशेषज्ञहरुले पशुको शरीरमा एक किसिमको एन्टीबडी हुने बताउँदै दूधको माध्यमबाट त्यस किसिमको एन्टीबडी मानव शरीरमा प्रवेश गरेर मानिसहरुको इम्यूनिटी सिस्टमलाई बलियो बनाउने बताएका छन् ।