सिरहाका एसपी राजभण्डारी ३ महिना नबित्दै तानिए


काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीलाई प्रहरी प्रधान कार्यालयले तानेको छ। उनले तीन महिना अगाडी मात्रै सिराहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

पटक–पटक विवादमा आएकोले एसपी भण्डारीलाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ। उनको ठाउँमा एसपी हिरा पाण्डेलाई पठाइएको छ। एसपी राजभण्डारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ।

कार्यक्षमतामा कमजोर देखिएपछि राजभण्डारीलाई फिर्ता गरेर प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत एसपी पाण्डेलाई सिराहा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो।

यसअघि सिन्धुलीमा एसपी आभुषण तिम्सनालाई पनि ३ महिना नपुग्दै प्रहरी प्रधान कार्यालयले तानेको थियो। एसपी तिम्सनाको ठाउँमा एसपी गोविन्द थपलियालाई पठाएको छ।

प्रतिक्रिया