भूपू सैनिक स्वास्थ्यकर्मी बोलाउन सेनामा प्रस्ताव, तयारी राख्न प्रधानसेनापतिको निर्देशन


काठमाडौं– नेपाली सेनाका भूतपूर्व स्वास्थ्यकर्मीलाई बोलाउनका लागि नेपाली सेनाको एउटा बैठकमा प्रस्ताव परेको छ। कोरोना महामारीमा खट्नका लागि अवकाश लिएका सैनिक स्वास्थ्यकर्मीको लगत संकलन गरी सेवामा बोलाउन प्रस्ताव परेको हो।

कोभिड–१९ जोखिम न्युनिकरणका लागि सरकारले नेपाली सेनाको अस्पतालमा आवश्यक जनशक्ति खटाउनका लागि निर्देशन जारी गरेको थियो। यस्तै ७ प्रदेशमा सेनाले अस्थायी कोभिड अस्पताल राख्नका लागि निर्देशन दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बताएका थिए।

पूर्वतयारीका रुपमा कार्यरत स्वास्थ्य जनशक्तिले मात्र नभ्याउने भएपछि अवकाश पाएका भूतपूर्व सैनिकलाई पनि बोलाउनुपर्ने प्रस्ताव परेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले तयारी अवस्थामा राख्न निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया