

झाँक्रीलाई महरको उत्तर – ‘आत्महत्या गर्नुअघि अरुको हत्या गर्ने योजना गम्भीर अपराध हो’

काठमाडौं – नेकपा माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीको ट्वीटलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष ऐन महरले प्रतिउत्तर फर्काएका छन् । बुधबार झाँक्रीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको अभिव्यक्तिलाई महरले कडा रुपमा खण्डन गरेका छन् ।
महरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, मानिस जब आफ्नो कर्म या कुकर्म बाट जिवनमा बिक्षिप्त हुन्छ अनि उसले आत्महत्याको बाटो रोज्छ। आत्महत्या कायरता हो । अझ गम्भीर बिषय त के हो भने जब आत्महत्या गर्नु अघि अरुको हत्या गर्ने योजना बुन्छ त्यो गम्भीर अपराध हो ।’
महरले सम्पूर्ण एमालेका कार्यकर्ताहरुलाई सचेत गराउँदै अगाडि लेखेका छन्, ‘नेकपा एमाले का सबै सचेत नेता कार्यकर्ताहरुले यस्ता खालका कायरता र अपराध प्रती सचेत हुन जरुरी छ ।’
यस्तो छ झाँक्रीले लेखेको ट्वीटः
हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।
हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।— Ram kumari Jhakri (@Jhakri_didi) May 5, 2021
महरको प्रतिउत्तरः
मानिस जब आफ्नो कर्म या कुकर्म बाट जिवनमा बिक्षिप्त हुन्छ अनि उसले आत्महत्याको बाटो रोज्छ। आत्महत्या कायरता हो । अझ…
Posted by Ain Mahar on Wednesday, May 5, 2021

