काठमाडौं महानगरमा मात्रै २६९ जनाको मृत्यु, कुन वडामा कति? (सूचीसहित)

३,४२२ सक्रिय संक्रमित, १८६ जना अस्पताल भर्ना


काठमाडौं – काठमाडौं महानगरपालिकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ४२२ रहेको छ। महानगरपालिकाका अनुसार यो तथ्यांक २१ वैशाखसम्मको हो।

सबैभन्दा धेरै संक्रमित कामनपाको ३२ वडामा छन्। महानगरपालिकाका अनुसार, ३२ नम्बर वडामा संक्रिय संक्रमितको संख्या ३२७ रहेको छ। त्यसपछिको सबैभन्दा धेरै सक्रिय संक्रमित १४ नम्बर वडा। १४ वडाका सक्रिय संक्रमितको संख्या ३१० छ।

त्यसैगरी १६ नम्बर वडामा २७९ जना संक्रमित छन्। महानगरपालिकाका अनुसार ९ नम्बर वडामा २६८ जना, ३१ नम्बर वडामा २६१ जना, ३ नम्बर वडामा २३१ जना, २९ नम्बर वडामा १६६ जना, २६ नम्बर वडामा १४३ जना संक्रमित छन्।

२३ वडामा सबैभन्दा कम ९ जना मात्रै सक्रिय संक्रमित छन्। त्यसपछि क्रमशः १८ र २४ वडामा क्रमशः ११ र १३ जना सक्रिय संक्रमित छन्। संक्रमित भएकामध्ये अधिकांश होम आइसोलेसनमा बसेका महानगरले जनाएको छ।

महानगरपालिकाका अनुसार होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार १ सय ६८ छ। १८६ जना अस्पताल भर्ना भएका छन्, भने ६८ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन्।

महानगरपालिकाका ३९ हजार ५ सय ९३ जना संक्रमित भएपनि ३५ हजार ८ सय ९८ जना भने निको भइसकेर घर फर्किएका महानगरपालिकाले जनाएको छ।

कुन वडामा कतिको मृत्यु?

महानगरपालिकाका अनुसार कोरोना संक्रमणबाट महानगरपालिकाभित्र अहिलेसम्म २ सय ६९ जनाको ज्यान गइसकेको छ। कोरोना संक्रमणका कारण १५ वडामा सबैभन्दा धेरै २४ जनाको मृत्यु भएको छ।

त्यसैगरी ४ नम्बर वडामा १९ जना, ६ र ३० नम्बर वडामा १६/१६ जना र ३२ र १६ नम्बर वडामा समान १४ जनाको संक्रमणबाट ज्यान गएको छ। २४ नम्बर वडामा अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन।

१९ र २८ नम्बर वडामा २/२ जनाको कोरोनाको कारण मृत्यु भएको छ।

प्रतिक्रिया