

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र सचिवालयलाई बुझाउँदै

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज प्रधानमन्त्री केपी शर्मा आली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। आज १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागिएको एक नेताले जानकारी दिए ।
मङ्गलवार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० सदस्य छन् ।
सरकारले वैशाख २७ गते संसद् अधिवेशन बोलाई विश्वासको मत लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद् अधिवेशन आह्वान गरेकी हुन् ।

