

कोरोना बढेसँगै देशभरका कुन कुन जिल्लामा छन् त निषेधाज्ञा ?

काठमाडौं – पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएको नेपालमा पहिलो लहरभन्दा आक्रामक ढंगबाट संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ ।
कोरोना बढेसँगै देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र आंशिक निषेधाज्ञा जारी गरिरहेका छन्।
कोरोना देखिएका ठाउँमा जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा लगाउन सक्छन्। पहाडी भेगमा दुई सय र काठमाडौं उपत्यकासहित मधेशका क्षेत्रमा पाँच सय बढी संक्रमित भेटिएपछि निषेधाज्ञा लगाउन सकिन्छ।
निषेधाज्ञा लगाएका जिल्लाहरुमा अत्यावश्यक बाहेक सवारी साधन चल्न दिइएका छैनन् भने पसलहरु निश्चित समयमा मात्रै खोल्न पाइएको छ । कतिपय जिल्लामा पसलहरु खोल्न पाइए पनि अधिकांश जिल्लाहरुमा अत्यावश्यक भन्दा अन्य पसलहरु खोल्न बन्देज गरिएको छ ।
महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ, वैतडी, नुवाकोट, धनुषामा निषेधाज्ञा लगाइएको छ।

