

११ दिनदेखि उपचाररत पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

काठमाडौं– नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।
नर्भिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै विगत ११ दिनअघि अस्पताल भर्ना भएका पूर्वराज दम्पतीको स्वास्थ्यमा सुधार आएको बताएको हो ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै, ‘कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ,’ भनेको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर भएको पनि अस्पतालले जनाएको छ ।

