गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त, शेरचन र पन्त हटाइयो


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखमा क्रमशः सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखका रुपमा रहेका अमिक शेरचन र शर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्दै पौडेल र यादवलाई नियुक्त गरेकी हुन्।

दुवैको शपथ ग्रहणको कार्यक्रम शीतलनिवासमा राखिएको छ। शेरचन र पन्त माओवादीनिकट हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आकस्मिक रुपमा राखेको मन्त्रिपरिषदले शेरचन र पन्तलाई पदमुक्त गरी पौडेल र यादवलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

गण्डकी प्रदेश सभालाई दलीय स्वार्थका आधारमा रोकेको भन्ने गुनासो परेको तथा सुदूरपश्चिममा पनि सोही नियति आउन सक्ने भएपछि ओलीले यस्तो कदम उठाएका हुन्।

प्रतिक्रिया