

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता शंकर पोखरेल नियुक्त गरिएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी गराएको छ ।
पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

