कारमा तीन बालकको शव भेटियो, ६ तस्विरमा यस्तो देखियो घटनास्थल


तुलसीपुर – दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र गन्ध आएपछि शनिबार राति ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरे।

नजिकैको इलाका प्रहरी कार्यालय तुलरसीपुरबाट खटिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहको प्रहरी टोलीले गाडीको झयालको सिसाबाट हेरेपछि तीन वटा बालकको शव देख्यो।

त्यसपछि तत्कालै जिल्लामा खबर पुग्यो। जिल्लाबाट प्रहरी उपरीक्षक (एसपी) गणेश चन्द आँफै घटनास्थलतर्फ लागे। विगत लामो समयदेखि पार्किङ गरिराखेको भारतीय कारभित्र बालकको शव भेटेपछि स्थानीयहरु त्रसित बनेका छन्।

तुलसीपुर उपमहानगरपालिका–६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशान कारभित्र तीन बालकको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी सिंहले घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकृतिको देखिएको हुँदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको बताए।

‘चार महिनादेखि पार्किङ गरिराखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन्,’ डिएसपी सिंहले भने, ‘बेलुका ८ बजेतिर म यहाँ आइपुगेका छु घटनाबारे अनुसन्धान हुँदैछ।’

डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए।

तस्बिरहरूः

प्रतिक्रिया