

प्रदेश अस्पताल सुर्खेतमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत – कर्णाली प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुबैजनाको सुर्खेतकै रहेको र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीय महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुष रहेका छन् ।
वीरेन्द्रनगरकी त्यी महिलाको शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो भने गुर्भाकोटका पुरुषको शनिबार बिहान मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

